आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालमा गरिएको परिक्षणले डेल्टा भेरियन्ट अत्याधिक रहेको पुष्टि

मंगलबार, असोज १२ २०७८

काठमाडौं । कोभिड सम्बन्धमा नेपालमै गरिएको जिन सिक्वेन्सिङले डेल्टा भेरिएन्ट अत्यधिक संक्रमण भएको देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संकलित धेरैजसो बिरामीको नमूनामा डेल्टा र एउटामा अल्फा भेरियन्ट भएको पाइएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा १६ र जनस्वास्थ्य प्रयोगशालामा २६ गरी ४२ ओटा नमूना परीक्षण गरिएको थियो ।

तीमध्ये असोज र भदौमा संकलन भएका ४१ नतिजामा डेल्टा भेरिएन्ट देखिएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिइन।

वैशाखमा संकलित एउटा नमूनामा भने अल्फा भेरियन्ट देखिएको छ । 

सरकारी प्रयोगशालामा मुलुकमै पहिलोपल्ट जिन सिक्वेन्सिङ गरिएको हो ।