बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रुपन्देहीको सडक दुर्घटनामा आमा छोराको मृत्यु

मंगलबार, असोज १२ २०७८

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

दुर्घटनामा ३५ वर्षीया राधा भट्टराई र उनका छोरा  १९ वर्षीय महेश भट्टराईको मृत्यु भएको  इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार  ट्रकले पैदल यात्रा गरिरहेका आमाछोरालाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।