काठमाडौं । भक्तपुरको सल्लाघारीमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
राति पौने ९ बजेतिर भारतीय नम्बर प्लेट आर जे ०२ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठक्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुरको बालकोट बस्ने ४५ वर्षिय गणेश रजौराको मृत्यु भएको हो ।
ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।