बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चितवनमा गैंडा मृत भेटियो, यो वर्ष मात्रै ८ वटा मरे

मंगलबार, असोज १२ २०७८

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा एउटा गैँडा मृत फेला परेको छ ।  निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा  गैँडा मृत फेला परेको बताए । धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको हुनसक्ने निकुञ्जको अनुमान छ ।

 गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/ ७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।