बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आजदेखि अग्रिम टिकट बुकिङ्ग खुल्यो, ४३ वटा काउण्टरबाट टिकट लिन सकिने

सोमबार, असोज ११ २०७८

काठमाडौं । दसैमा घर जानेका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ्ग खुलेको छ ।  यात्रुलाई टिकट लिन सजिलो होस भनेर  गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर पनि थपिएको छ । अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरिएको छ।

दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो।  नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।

 नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएसँगै आज बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको जानकारी दिए। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।  सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म पुग्नका लागि आवश्यक सहजीकरण गर्ने छ ।