बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जर्मनीमा आज आम चुनाव, मर्केलको विरासत जोगिएला त ?

आइतबार, असोज १० २०७८

काठमाडौं । युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछिन् । ६७ वर्षिया मर्केलले यसअघि नै चुनावमा नलड्ने घोषणा गरेसँगै उनका आगामी उत्तराधिकारीको भविष्यलाई लिएर यो चुनावी परिणामप्रति विश्वको ध्यान तानिएको छ ।  

मर्केलको उत्तराधिकारी छान्ने भएकाले पनि यो चुनाव युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको सुरूवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । नयाँ चान्सलरका लागि तीन जना उम्मेदवार  मैदानमा छन् ।

एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो । उनीहरूबीच कडा प्रतिष्पर्धा हुने आँकल गरिएको छ । त्यहा गरिएको सर्वेक्षणले  कुनै पनि दलले संसदको तल्लो सदनमा  एकल बहुमत ल्याउन नसक्ने आँकडा प्रस्तुत गरेको छ । यस्तो भयो भने  गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ ।

जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।

जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन हुने छन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् ।

तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आजै आउने बताइएको छ ।