काठमाण्डौ । यस वर्षको मनसुन अझै बाहिरि नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको महाशाखाको भनाई छ ।
भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने छ । यद्यपी मनसुन निष्क्रिय हुदै गएकाले आज र भोलि भने ठूलो पानी पर्ने सम्भावना छैन ।
आज मुलुकभरको मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लागेको छ । तर आज बेलुका पछि भने मौसम बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्य खालको क्षणिक वर्षाको हुन सक्ने अनुमान गरिएको छ
मौसमविद्का अनुसार स्थानीय वायु सक्रिय हुँदा घामसँगै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना हुन्छ ।
ठूलो वर्षा हुने सम्भावना नरहे पनि अझै केही दिन सामान्य पानी पर्ने छ ।