काठमाडौं । नेकपा एमालेले आज विधान महाधिवेशनको प्रस्ताव पारित गर्ने बताएको छ । तीन दिनदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएसँगै प्रस्ताव पारित हुने बताइएको छ ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जवाफ दिने छन् भने साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूचि छ ।
प्रतिवेदन पारित भएसँगै असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।
जारी बैठकमा कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग उठेको छ । त्यस्तै केन्द्रीय सदस्यहरुले युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्ने सुझाव दिएका छन् ।