काठमाडौं । आज मुलुकभरको मौसम सामान्य बदली भइ केहि स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाले आज राती भने केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ ।
मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।