बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज बेलुकी इन्द्रध्वजा ढालेसँगै यसवर्षको इन्द्रजात्रा सकिदै

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको  इन्द्रजात्रा आज सकिदै छ । इन्द्रध्वजा ठड्याएर सुरु भएको जात्रा इन्द्रध्वजा ढालेसँगै सकिने छ । 

समापनका लागि बेलुकी १० बजेर ३६ मिनेटको साइत निकालिएको छ ।  मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढाल्ने परम्परा छ । 

ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ ।

तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ । 

गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ । 

आज राष्ट्रप्रमुखले  कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।