बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन बोलायो एमालेले केन्द्रीय कमिटीको बैठक ?

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक आजका लागि बोलाइएको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी मुख्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने बताइएको छ ।  एमाले केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले सुझाएका  प्रतिवेदनमाथि छलफल हुनेछ  ।

एमालेले  विधान महाधिवेशन ललितपुरको गोदावरीमा गर्ने तयारी गरेको छ ।