काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एकजना घाइते भएका छन् । बिहीबार राति १२ बजेतिर कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका हुन् रहनुभएको छ ।
उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाईते सुवेदीका अनुसार सो कारमा पोखराकै ६० वर्षीय प्रेमबहादुर भुजेल, ५५ वर्षिय लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार थिए।
उनीहरु कारसहित बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी जारी छ ।