काठमाडौँ l पूर्व युवराज्ञी हिमानी शाह राजावादी समूहको जुलुसमा सडकमै अग्रपंक्तिमा उभिएर सहभागी भएकी छन् ।
हिमानी ट्रष्टमार्फत निरन्तर विभिन्न सामाजिक कार्यमा लागिपर्दै आएकी पूर्व युवराज्ञी हिमानी बुधबार तराई मधेस राजावादी संगठन नेपालले आयोजना गरेको प्रदर्शनमा पहिलो पटक स–शरीर सहभागी भएकी हुन् ।
राजाको पक्षमा नारावाजी गरेका सहभागीले २०४७ को संविधान लागू गर, हिन्दूराष्ट्र कायम गर, राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए ।
राज संस्था स्थापनालाई आफ्नो मुद्दा बनाएर दर्जन बढी संघ–संगठन सक्रिय छन् । यस्ता संगठनहरूले सञ्चालन गर्ने गतिविधिमा पूर्वयुवराज पारस शाह सहभागी हुने गरे पनि पूूर्वराज परिवारका अन्य सदस्य स शरीर सहभागी बनेको सम्भवतः यो पहिलो घटना हो ।