बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज पनि बैठक

बिहिबार, असोज ७ २०७८

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आजपनि बस्ने भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका हुन् ।

बैठक अपराह्नतिर बस्ने नेताहरूले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बुधबार बेलुका बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी भएका थिए ।

सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।