आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज सामाजिक सेवा दिवस, सामाजिक रुपान्तरणकालागि काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

बुधबार, असोज ६ २०७८

काठमाडौं । आज ४२ औँ सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि बढाउने उद्देश्यले यो दिवस राष्ट्र निर्माणमा विकास साझेदारीका विषयमा बहस गर्दै मनाउने गरिएको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले, यस अवसरमा शुभकामना दिदै सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्दै सामाजिक सेवामा लाग्ने प्रेरणा मिलोस भन्ने कामना गरेका छन् ।

समाज सेवामा संलग्न विभिन्न व्यक्ति, विचारक संस्थासँग साझेदारी गर्दै सभ्य र मर्यादित समाज निर्माणमा लाग्न उनले सम्पूर्ण समाजसेवी व्यक्ति तथा संस्थालाई आह्वान गर्दै मानवीय सेवा भावले गरिने कार्यका लागि आवश्यक पर्ने सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको बताएका छन्  ।