आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अनअराइभल भिसा खुल्यो, क्वारेन्टाइनमा बस्नु नपर्ने

बुधबार, असोज ६ २०७८

काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ। दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय भएपनि यसको औपचारिक घोषणा आज गर्ने तयारी छ ।

यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन् । यस्तै विदेशी नागरिकले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था पनि हटाइएको छ ।