आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

यस्तो छ गण्डकी मुख्यमन्त्रीका आफन्त पोखरेलको ठगी लीला !

सोमबार, असोज ४ २०७८

अफगानिस्तान पु¥याएको ७ लाख, काममा लगाएको ४ लाख 

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीका आफन्त पर्ने थानेश्वर पोखरेलले अफगानिस्तानमा पु¥याई काम लगाएबापत ६६ लाख रुपैयाँमा खाएको तथ्य खुलेको छ । 

पोखरा महानगरपालिका मुस्ताङ चोकमा रिता होटल सञ्चालन गर्ने पोखरेलले ६ जनासँग अफगानिस्तान पु¥याएको मात्रै ७ लाख लिएका थिए । त्यहाँ पुगेपछि उनीहरूले काम नपाउँदा ४ लाखका दरले थप्न बाध्य पारेका थिए । 

सोम गुरुङ, तेजवीर राना, सनकबहादुर गुरुङ, गणेश थापा, जेबी थापा, मीन क्षत्री र रामशरण योगीलाई अफगानिस्तान पु¥याई त्यहीँ सडाउने धम्की दिएर थप रकम लिएका थिए । पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिई रोजगारीका लागि भन्दै दिइएको चार लाखका दरले बुझाएको रकम फिर्ता गराउन माग गरेका छन् । 

उनीहरू अफगानिस्तान पुगेको ४० दिनमा नै तालिबानले सत्ता कब्जा गरेको थियो । अफगानिस्तानमा राजनीतिक संकट आएपछि रोजगारी छाडेर उनीहरू फर्किन बाध्य भएका थिए । 

शक्ति केन्द्रको आडमा अवैधानिक बाटोबाट अफगानिस्तान पठाउने काममा मुख्यमन्त्रीकै आफन्तको उक्त हर्कतविरुद्ध पीडितले न्याय खोजेका छन् । वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा रोजगारीका लागि कुनै पनि अनुमति छैन । 

श्रमिकका रूपमा अफगानिस्तानमा पठाउने नियम कानुन नै नभएको विभागका उच्च अधिकारीहरूले बताएका छन् । कतिपयले अवैध रूपमा शक्ति केन्द्रको आडमा त्यसरी काम गरिरहेको बारेमा विभागमा समेत उजुरी दिन सकिन्छ । 

२७ भदौमा पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सत्ताको आडमा पोखरेलले प्रहरीलाई पनि दबाबमा राखेको बताइएको छ । 

‘यस्तो अनैतिक र अवैधानिक काम गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्नेमा प्रहरीलाई पनि दबाबमा राखिएको छ । मुख्यमन्त्रीका खास भएका आधारमा नै प्रशासनलाई दबदबामा राख्न पाइन्छ ?’, स्रोतले भन्यो, ‘न्याय माग्नेहरूले कसरी सरकार भएको अनुभूति गर्लान् ?’(आजको अमुतबजार सप्ताहिकमा खबर छ ।)