काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।
विनियोजन विधेयकको मन्त्रालयगत तथा सचिवालयले तयार गरेको विभिन्न शीर्षकहरुमाथि आजै समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराई सकिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ ।
संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुहुनेछ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।
उसले आज पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।