काठमाडौँ l सरकारले विनियोजन विधेयकलाई सोमबार प्रतिनिधिसभाबाट पारित गराउने तयारी गरेको छ।
अध्यादेशको अवधि सकिएपछि बेखर्ची भएको सरकारले फास्ट ट्र्याकबाट बजेट पारित गराउने भएको हो।
सोमबार नै २२ वटै मन्त्रालयगत बजेटबारे छलफल हुने, उठेका प्रश्नको जवाफ दिएर पारित गराइने संसद सचिलायका प्रवक्ता राजेनाथ पाण्डेले जानकारी दिए।
प्रेम सुवालले राखेको खर्च कटौती प्रस्तावलाई नै सोमबार नै निर्णायर्थ पेश गरिनेछ।
अघिल्ला वर्षहरुमा मन्त्रालयगत छलफल तीन/चार दिन लगाए हुने भए पनि यसपटक सरकारले औपचारिकता मात्रै पूरा गरेर विपक्षीको अवरोधकै बीच पारित गराउने भएको हो।
एमालेले भोलि पनि संसद अवरोध जारी रहने जनाएको छ।