बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुनरकर्जामा बागमती प्रदेशकै हालीमुहाली, आधाभन्दा बढि लाभ बागमतीका व्यवसायीलाई

आइतबार, असोज ३ २०७८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको पुनरकर्जामा बागमती प्रदेशकै हालीमुहाली रहेको देखिएको छ । पुनरकर्जाको  आधाभन्दा बढि हिस्सा बागमती प्रदेशकै ब्यापारी तथा व्यवसायीले प्राप्त गरेको देखिएको छ ।

देश संघियतामा प्रवेश गरेको भएपनि अधिकांश ब्यापारिक प्रतिष्ठान अहिलेपनि बागमती प्रदेशमै रहेका छन् । बिशेषगरि सेवा क्षेत्रको बर्चाेस्व रहेको बागमती प्रदेशले सबैभन्दा धेरै पुनरकर्जा पाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षको साउन महिनामा मात्रै बागमती प्रदेशका लागि ८९ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ । जबकी  साउन महिनासम्ममा कुल स्वीकृत पुनरकर्जा भने जम्मा १ सय ५७ करोड हो । अर्थात ५६ प्रतिशत पुनरकर्जा बागमती प्रदेशका ब्यापारी तथा व्यवसायीले पाएक छन् ।

साउन महिनामा सबैभन्दा कम पुनरकर्जा प्राप्त गर्नेमा लुम्बीनी प्रदेश रहेको छ । साउन महिनामा कर्णाली र सुदुरपश्चीम प्रदेशले भने कुनैपनि पुनरकर्जा पाउन सकेका छैनन् ।

बागमती प्रदेशपछि सबैभन्दा बढि पुनरकर्जा पाउनेमा भने गण्डकी प्रदेश देखिन्छ । जसले साउन महिनामा ४४ करोड रकम पाएको छ।  अर्थात कुल स्वीकृत पुनरकर्जामध्ये २८ दशमलव एक सात प्रतिशत गण्डकी प्रदेशका लागि पुनरकर्जा स्वीृकत भएको छ। यो त एक महिनाको मात्रै तथ्यांक भयो । एक वर्षकै तथ्यांकमा पनि पुनरकर्जामा बागमती प्रदेशकै हालीमुहाली देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असारमसान्तसम्म जम्मा ४६ अर्ब १३ करोड पुनरकर्जा स्वीकृत भएको छ । जसमध्ये बागमती प्रदेशका ब्यापारी तथा व्यवसायीका लागि २४ अर्ब २९ करोड रकम पुनरकर्जाका रुपमा स्वीकृत भएको छ। जुन कुल कर्जाको ५२ दशमलव छछ प्रतिशत हो ।

यसपछि सबैभन्दा बढि पुनरकर्जा पाउनेमा लुम्बीनी प्रदेश रहेको छ । जसले ७ अर्ब ७७ करोड पुनरकर्जा पाएको छ । अर्थात कुल पुनरकर्जा मध्ये १६ प्रतिशत लुम्बीनी प्रदेशका लागि स्वीकृत भएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम पुनरकर्जा गएको देखिन्छ । ४६ अर्ब पुनरकर्जामध्ये कर्णाली प्रदेशमा जम्मा  ७ करोड मात्रै  गएको छ  । अर्थात कुल पुनरकर्जामध्ये कर्णाली प्रदेशमा शुन्य दशमलव एक सात प्रतिशत मात्रै कर्णाली प्रदेशले पाएको छ ।

सुदुरश्चीम प्रदेशले पनि उल्लेखनिय मात्रामा पुनरकर्जा पाएको छैन । स्वीकृत पुनरकर्जाको जम्मा २ दशलमव तीन पाँच प्रतिशत मात्रै सुदुरपश्चीम प्रदेशका लागि पुनरकर्जा स्वीकृत भएको छ ।