बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनसुन कमजोर हुदै, चिसो बढ्दै

शनिबार, असोज २ २०७८

काठमाडौं । केही दिनयता सक्रिय रहेको मनसुन विस्तारै कमजोर हुदै गएको छ । मनसुन कमजोर हुदा बिहान र बेलुका काठमाडौं उपत्यकासहित पहाडी भेगमा चिसो  बढ्न थालेको छ । बिहान बेलुका  कुहिरो लाग्ने क्रम सुरु भएकाले  चिसो बढ्न थालेको हो ।

मौसम विज्ञान विभागका अनुसार विहान र बेलुकाको समयमा न्यूनतम तापक्रम घट्न थालेको छ । 

मुलुकभर आंशिक बदली भए पनि ठूलो पानी नपर्ने विभागले जनाएको छ ।   मौसमी न्यूनचापीय रेखाको प्रभाव अब विस्तारै हट्दै जाने देखिएको छ ।