बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रक खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु

शुक्रबार, असोज १ २०७८

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौली  आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा  २८ वर्षीय चालकको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।