आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकारबाट अस्पतालको बिरामी र कर्मचारीको तलब भत्तामा खर्च गर्न बन्द

बिहिबार, भाद्र ३१ २०७८

काठमाडौँ ।  आज देखि सरकारले संबैधानिक निकायको खर्च बाहेक अन्य चालु र बिकास निर्माणका लागि खर्चनुपर्ने रकम खर्च गर्न नपाउने भएको छ। प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि सरकारी खर्च गर्ने बाटो बन्द  भएको हो ।

अब बजेटबारे निर्णय नभएसम्म नेपाल सरकारको सञ्चित कोषबाट चेक काट्न पाइँदैन । संघीय सरकारले आम नागरिकलाई दिने सेवा तथा सुविधाको खर्च रोकिएको छ । वृद्धवृद्धा भत्ता वितरण गर्न रोकिएको छ।  त्यस्तै कर्मचारीको तलब भत्ता वितरण पनि रोकिएको छ ।  अब पूर्वकर्मचारीहरूले पेन्सन पाउने छैनन् । त्यस्तै सरकारले विकास निर्माणका लागि पनि  खर्च गर्न नपाउने भएको छ ।

तर ऋणको साँवा र भुक्तानी गर्न भने सरकारलाई छुट छ । प्रदेश तथा स्थानीय तहबाट हुने खर्च  भने रोकिएको छैन । उनीहरूलाई कुनै शीर्षकमा बजेट निकासा दिन भने संघले पाउँदैन ।

तर सरकारका लागि कर उठाउने बाटो भने खुल्ला छ । समसामयिक कर असुली ऐन २०१२’  अनुसार सरकारलाई कर उठाउने बाटो भने खुला भएको जानकारहरु बताउँछन् ।

संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधबारसम्ममा संसद्बाट पास गरिसक्नुपथ्र्याे । तर प्रतिनिधिसभा बैठक असोज ४ सम्मका लागि स्थगन गरिएपछि यो स्थिती आएको हो ।

अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफल प्रक्रिया प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण अघि बढ्न नसकेको हो ।  आफ्ना १४ सांसदलाई कारबाही गरेको उल्लेख गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा सिफारिस गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले प्रतिनिधिसभा निरन्तर अवरोध गरिरहेको छ । सभामुखबाट पक्षपातपूर्ण व्यवहार भएको जिकिर गर्दै एमालेले हाल एकीकृत समाजवादीमा रहेका ती १४ सांसदलाई पदमुक्त गर्न माग गरिरहेको छ ।

तर यहि बिरोधका बिच आमजनताले भने सरकारले प्रदान गर्ने सेवा सुविधाबाट बिमुख हुनुपर्ने स्थिती आएको छ । केहिगरि आपचकालिन स्थिती सिर्जना भयो भने सरकारले जनताका लागि खर्च नै गर्न सक्दैन । यसमा सत्तासिन दलदेखि प्रतिपक्ष पनि दोषि देखिएका छन् ।

बिरोध संसदमा गर्न नपाइने होइन, तर यो बिरोधले आमजनताको सेवा सुविधामा असर पार्छ कि पार्दैन भनेर जिम्मेवार भएर दलहरुले सोच्नुपर्छ ।