आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काभ्रेमा खोलाले बगाउदा ८ वर्षिय बालकको मृत्यु

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । काभ्रेको रोशी  खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । रोशी गाउँपालिका–५ बस्ने प्रकाश कुमार लामाका छोरा अबि तामाङ विद्यालयबाट घर फर्किदै गर्दा रोशी गाउँपालिका– ९ कालो पुलनजिक रोशी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

रोशी गाउँपालिका– ११ कालढुंगास्थित खोला किनारमा मृत अवस्थामा अबि फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।