आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दैलेखमा विद्यालय प्रांगणमै शिक्षको विभत्स हत्या

बुधबार, भाद्र ३० २०७८

काठमाडौं ।  दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

उनको शव  विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शिक्षक बिसीको शव विभत्स अवस्थामा भेटिएको छ ।  

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् । शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा पढाउदै आएका थिए ।