आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देशभर १ हजार ५ सय ६२ संक्रमित थपिदा, १९ जनाको मृत्यु

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । आज १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ पुगेको छ ।