आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको पूर्वपश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आज बिहान करिब ८ बजेतिर आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । 

 मृत्यु हुने भारतीय पुरुष नाम थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो । परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा शव लगिएको छ ।