आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजविराजमा कृषि विश्व विद्यालय स्थापनाको तयारी

सोमबार, भाद्र २८ २०७८

काठमाडौं । प्रदेश नं २  सरकारले कृषि क्षेत्रको विकासका लागि  राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ  । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।  विश्वविद्यालय स्थापनाका लागि  तत्काल  २५ करोड रुपैया जुटाउने प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने शाहले बताए ।   राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । 

विश्वविद्यालय स्थापनाको काम  यसै महिनादेखि सुरु हुदै छ ।