बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपाध्यक्ष सुमार नेतृत्वको टोली स्वदेश फिर्ता, एमसीसी अघि नबढ्ने संकेत

सोमबार, भाद्र २८ २०७८

काठमाण्डौ  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ।  टोली हिजो साँझ फर्किएको हो । स्वदेश फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सुमारले सम्झौता संसदबाट अनुमोदन गर्न अत्यन्त जरुरी रहेको र छिटो अनुमोदन हुनेमा आफू आशावादी रहेको बताएकी छन् ।

नेपाल रहदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले , सत्तारुढ दलका नेताहरुसँग भेटेकी थिईन् । 

सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो । 

तर दलहरुबीच एकमत नहुँदा एमसीसी सम्झौता तत्काल अघि नबढ्ने सङ्केत देखिएको छ ।