बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्यासको सिलिण्डर फेर्ने क्रममा भएको आगलागीबाट झापामा एकै परिवारका तीनजना घाईते

आइतबार, भाद्र २७ २०७८

काठमाडौं । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई हिजो साँझ  आगलागी भएको हो ।  

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उहाँहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको  छ । 

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा क्षति पुगेको छ ।