आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

९ सय ९४ जना संक्रमित हुँदा १२ जनाको मृत्यु

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जना कोभिड संक्रमित भएका छन् । ९ हजार ८ सय ४० जनामा गरिएको परीक्षणमा ९ सय ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ६२ हजार ९ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै कोभिडबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।
देशभरबाट शनिबार १३ सय ६८ जना डिस्चार्ज हुँदा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । संक्रमितमध्ये ९५ प्रतिशत बिरामी निको भएर घर फर्किएको मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

देशभर अहिले २७ हजार ३ सय ५५ सक्रिय संक्रमित छन् । जसमध्ये ४ सय ५६ जना आईसीयू, १ सय २२ जना भेन्टिलेटरमा उपचाररत छन् । बाँकी २५ हजार ७ सय ८ जना होम आइसोलेसन र १ हजार ६ सय ४७ जना संस्थागत आइसोलेसनमा छन् ।