काठमाडौं । भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको उहाका ज्वाइँ बैंकर अनिलकेशरी शाहले बताए ।
मिर्गौला रोगबाट पिडित राणा लामो समयदेखि डायलसिस गराउदै आएका थिए ।
नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए । राष्ट्रिय खेलकुद परिषद् राखेपमा राणा दुई पटक सदस्यसचिव भएका थिए।
उनी अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष थिए ।