बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले सांसदको बिरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश, अर्को बैठक आगामी सोमबार

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले) का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८  पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई  अध्यादेश पेश गर्न समय दिएका थिए ।

यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिएका थिए ।  

सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाए । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराउनुभएकाले बसेर सदनचलाउने वातावरण बनाइदिन आग्रह गरेका थिए ।   अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

विरोधकाबीचबैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्तावपारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।