बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोली विहानैदेखि भेटघाटमा व्यस्त, प्रधानमन्त्री देउवासग पनि आजै छलफल गर्ने

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारको राजनीतिक भेटघाटले आज पनि विहानैदेखि तिब्रता लिएको छ । काठमाडौं ओर्लिएलगत्तै भेटघाटलाई तिब्रता दिएकी सुमार आज विहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छिन् ।

एमसीसी स‌झौता अनुमोदनका लागि लविङ गर्न विभन्न राजनितिक दलका नेताहरुसँग भेट गर्ने कार्यतालिका बनाएको सुमार नेतृत्वको टोलीले आज प्रचण्ड र प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्ने बताएको छ ।  

सुमारले पूर्वप्रधानमन्त्री केपी ओली, जसपाका नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग हिजै भेटिसकेको बताइएको छ ।