आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोरोनाका कारण आज १४ जनाको मृत्यु, १ हजार २ सय ७१ जना संक्रमित

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ