आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमसीसीका पदाधिकारी काठमाडौँ आउदै, सम्झौता अनुमोदन गराउने प्रयास

बिहिबार, भाद्र २४ २०७८

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदनको तयारी भइरहदा अमेरिकी प्रतिनिधी आज नेपाल आउदै छन् ।

एमसीसीका का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउन लागेका हुन् । 

चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्ने योजना बनाएको छ ।

उपाध्यक्ष सुमारको टोली कतार हुदै काठमाडौं आउन लागेको हो । चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशिय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।

सम्झौता अनुमोदनकालागि सरकारले हिजोबाट संसद बैठक बोलाईसकेको छ । सभामुखको भूमिकालाई लिएर एमालेले हिजोको बैठक अवरोध गरेको थियो । एमालेले सभामुखले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।