आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेद्वारा संसद बैठक अवरुद्ध, कारबाही गरिएका १४ सांसदलाई नहटाएसम्म संसद चल्न नदिने चेतावनी

बुधबार, भाद्र २३ २०७८

काठमाडौं । प्रतिनिधि सभाको बैठकसुरु भएसगै एमाले सांसदले बेल घेरेपछि संसद बैठ अबरुद्ध भएको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् ।

एमाले सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकाले जवाफ नआएसम्म संसद बैठक चल्न नदिने बताए ।  भट्टराईले सभामुख सापकोटाले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै निश्पक्षता माथि प्रश्न उठाए । 

एमाले विभाजनको लागि सभामुख मतियार बनेको प्रमुख सचेतक भट्टराईको आरोप छ । 
भट्टराईले बोले लगत्तै  सभामुखले आफूले नियम र कानुन अनुसार भूमिका खेलेको दावी गरेका छन् । सभामुखको जवाफ नसकिँदै एमाले सांसद्हरुले बेल घेर्न पुगेका थिए।
नेकपा एमालेले सदन अवरुद्ध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।