बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भक्तपुर इन्टरनेशनल हस्पिटल : सञ्चालनको ५ महिनामा सम्बृद्धि लामो यात्रा !

बुधबार, भाद्र २३ २०७८

भक्तपुर l विश्व परिवेशमा व्यापक फैलिएको कोरोना महामारीको द्रोस्रो लहर अन्तर गतको पहिलो अंश नेपालमा देखिएको थियो, यता सम्पूर्ण स्वाथ्य क्षेत्रमा संकट कालको परिकल्पना गर्न थालिएको थियो भने भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भिन्न तयारी भइरहेको थियो l

विश्व सामु जटिल स्वाथ्य संकट निम्ताई रहेको कोरोना महामारीसंग जुध्न भक्तपुर इन्टरनेशनल हस्पिटल सञ्चालनमा ल्याइयो, सम्भवतः भक्तपुरमा अन्तर्राष्ट्रियस्तरकाे अस्पतालका रुपमा यस हस्पिटल नै पहिलो भएको छ । गत चैत १६ गते संचालनमा आएको ५ महिना पूर्ण भै छौठौ महिनामा लागिरहेको भक्तपुर इन्टरनेशनल हस्पिटल हालको परिस्थितिमा निकै नै अबल साब्वित भएको छ l

1.jpg

भक्तपुरलगायत भक्तपुरपूर्वका जिल्लाहरुबाट आउने गम्भीर अवस्थाका बिरामीहरुलाई काठमाडौंसम्म जान नपर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको र हालै विभिन्न उच्चस्तरीय प्रविधी जडान गरी सेवाग्राहीलाई सन्तुष्ट पार्न सफल भएको छ l

3.JPG

६७ जना चिकित्सकहरूको टोलीका साथ संचालनमा आएको अस्पतालले हाल आफ्नो दायरा बढाउदै लैजाने तयारी रहेको छ भने अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिनका लागि हस्पिटल संचालनमा ल्याइएको सो हस्पिटल नाफाका लागिमात्र नभएको संचालक टोलीको दावी छ ।

6.JPG

हस्पिटलमा हाड, जोर्नी तथा नशा रोग उपचार सेवा, स्त्रीरोग उपचासेवा, बालरोग, दन्तरोग, चर्म तथा यौन रोग, मस्तिष्क तथा स्नायु रोग, नाक, घाँटी रोग, मुटु रोग, आँखा रोग, मानसिक रोग उपचार सेवाहरूसँगै जनरल फिजिसियन सेवा, सर्जरी सेवा, डिजिटल ल्याब सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी तथा इको सेवा र फिजियोथेरापी सेवा रहेको साथै समय समयमा नव विकशित प्रविधीलाई अंगालेर अगाडी बढ़ने अस्पतालले जनाएको छ ।

2.jpg

१५ शय्याबाट सुरु भएको अस्पताल सरकारले अनुमति दिएलगत्तै ५० शय्यासम्म पु¥याउने लक्ष्य रहेको अस्पतालले जनाएको छ।