काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । काठमाडौंका नया सिडिओमा गृहमन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई खटाईएको छ । रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्।
यसअघिका सिडिओ कालीप्रसाद पराजुलीलाई गृहमन्त्रालय बोलाइएको छ ।
मंगलबार बसेको गृहमन्त्रीस्तरीय निर्णयले काठमाडौंको सिडिओ परिवर्तन गर्ने निर्णय गरेको हो ।
पराजुली गत मंसिरमा जिल्ला प्रशासन कार्यालय काठमाडौं आएका थिए । प्रायजसो सहसचिव एवम विभागिय प्रमुखको एक वर्षमा सरुवा हुने भए पनि पराजुलीको १० महिनामा नै सरुवा भएको छ ।