बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एक हजार ८ सय भन्दा बढी संक्रमित हुदा २० जनाको मृत्यु

मंगलबार, भाद्र २२ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १५ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार आठ सय ९७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ११ दशमलव ८७ प्रतिशत नमुनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा आठ लाख ५६ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै थप एक हजार सात सय ४३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २८ हजार नौ सय २८ पुगेको छ । 

यही अवधिमा थप २० जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ५८ पुगेको छ । 

अहिले ३० हजार नौ सय ७३ जना सक्रिय सङ्क्रमित रहेकामा पाँच सय १२ जनाको आईसीयू र एक सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।