काठमाडौं । करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० थवाङस्थित बाम्दा गाउँमा गएराति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धा गौरी थापाको मृत्यु भएको हो ।
पहिरोमा परेर दुई जना सामान्य घाइते छन् । दुई दिनदेखिको निरन्तर वर्षाले सदरमकाम लिबाङ्ग आउने अधिकांश सडक अवरुद्ध छन् । लिबाङदेखि रोल्पा अस्पताल हुँदै माडीचौर पुग्ने सडक समेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।