काठमाडौं । महिला अधिकारकारको माग गर्दै प्रदर्शन जारी गरिरहेका महिलाहरुमाथि तालिवानले चर्को दमन गरेको छ ।
काबुल र हेरातमा भएका प्रदर्शनमा तालिवानले महिलामाथि लाठीचार्ज र मरिचको धुलो छर्कदा सयौं महिला घाइते भएका छन् । महिलाहरुले प्रदर्शन गरेकोमा तालीवानले लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ महिला घाइते भएका छन् ।
सरकारमा आफुहरुको पनि अधिकार स्थापित हुनु पर्ने भन्दै महिलाहरुले नाराबाजी गरेका थिए ।
तालिवानले महिलालाई केही हदसम्म अधिकार दिइने तर मन्त्री पद नदिने घोषणा गरेपछी महिलाहरु थप आक्रोशित भएका छन् ।
२५ बर्ष पहिले तालिवानको शासन रहँदा महिलालाई अधिकारबाट बञ्चित गरिएको स्मरण गर्दै उनीहरुले त्यो नियती फेरी नदोहोरियोस भनि दबाब बढाएका हुन् ।
तालिवानले दमन गरे पनि माग पुरा नभएसम्म प्रर्दशन जारी राख्ने अफगान महिलाहरुले बताएका छन् ।