आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ओली अचानक अस्वस्थ्य

शनिबार, भाद्र १९ २०७८


काठमाडौं, भाद्र १९ ।  एमाले अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । पार्टी विभाजन पछि निकै सक्रिय र दौडधुप बढाएका ओली रातीबाट अस्वस्थ्य भएका हुन् ।

उनी विरामी भएपछि आजलाई तय गरिएका सबै कार्यक्रम रद्द गरिएको छ ।  ज्वरो आएकाले घरमै आराम गरिरहेको ओलीका  प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

बजगार्ईंका अनुसार ओलीलाई समान्य ज्वरो आएको छ । 

आज मात्रै उनले केहि केन्द्रिय सदस्यलाई छलफलका लागि बालकोट बोलाएका थिए । छलफलका लागि बालकोट पुगेका नेताहरु समेत ओलीसग भेट नगरी फर्किएका छन् ।

समान्य विरामी भएपनि आरामको खाचो भएकाले ओलीले केहि दिन कसैसग भेट नगर्ने उनको सचिवालयले जनाएको छ ।