काठमाडौँ l नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।
नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै नेपाल नेतृत्वको समाजवादीका विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका हुन् ।
समाजवादी पार्टीनिकट अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा विरोध प्रदर्शन गरेका हुन्।
त्यसक्रममा उनीहरुले नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावादसहितका चर्का नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा नेपालनिकट विद्यार्थी संगठनमा अध्यक्ष सुदेश पराजुलीसहित घाइते भएका छन्।