बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली सेना बन्न चहानेहरुको लागि आयो खुसीको खबर(सूचनासहित) !

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौँ l नेपाली सेना भर्ना छनौट निर्देशनालयले सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । ४ हजार जना सैनिक जवानको माग गर्दै निर्देशनालयले शुक्रबार सूचना निकालेको हो ।

त्यस अनुसार योग्य र इच्छुक व्यक्तिले भदौ १५ गते देखि असोज १६ गते सम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर असोज १७ गते देखि २४ गतेसम्म कार्यालय समय भित्र पनि दर्ता गर्न सकिने निर्देशनालयले जनाएको छ ।

इच्छुक आवेदकले न्युनतम ८ कक्षा पास गरेको असोज १६ गते १८ वर्ष पुरा भएर २२ वर्ष ननाघेको हुनुपर्नेछ । पुरुष आवेदकको न्युनतम ५ फिट ३ इन्च उचाई, छाती नफुलाउँदा न्युनतम ३२ इन्च र फुलाउदा न्युनतम ३४ इन्च हुनुपर्नेछ । यस्तै न्युनतम वजन ५० केजी हुनुपर्नेछ ।

यस्तै महिलाको हकमा न्युनतम ५ फिट उचाई र न्युनतम ४० केजी वजन हुनुपर्नेछ ।

दरखास्त फारम भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाको हकमा नारायणहिटी स्थित नेपाल क्याभलरी, उत्तर तर्फको खेल मैदान र अन्य भर्ना केन्द्रहरुको हकमा सम्बिन्धित भर्ना केन्द्रहरुबाट नै दरखास्त फार उपलब्ध हुने निर्देशनालयले जनाएको छ ।

1.png2.png