बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१७ सय बढी संक्रमित हुदा आज २३ जनाको मृत्यु

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं, भाद्र १८ । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ३४ जनाको परीक्षण गर्दा १७ सय ५६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ ।