बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेनाको सर्ट मेसिन गन चोरेर साथीको हत्या गर्ने सैनिक जवान……

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौँ l  नेपाली सेनाको गन चोरी गरी सैनिक भरत गुरुङको हत्या गर्ने सैनिक गंगाधर ढकाललाई जन्मकैद (२५ वर्ष) हुने फैसला भएको छ।

सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो।

सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ।’

ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरी गरेका थिए। सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी गुरुङको चितवनमा हत्या गरेका थिए।

यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो।