आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेसको संस्थापनइतर समुहलाई उम्मेद्वार चयन गर्नै सकस, पौडेल भन्छन्- सभापतिमा साझा उम्मेद्वार !

बिहिबार, भाद्र १७ २०७८

काठमाडौं, भाद्र १७ ।  नेपाली कांग्रेसको संस्थापनइतर समूहले वडा अधिवेशनको अघिल्लो दिनसम्म पनि भावि नेतृत्वकालागि साझा उम्मेद्वार तय गर्न सकेको छंन । गुटभित्रै पनि चर्को प्रतिष्पर्धा झेलिरहेको यो समूहले आज साझा उम्मेद्वार सार्वजनिक गर्ने बताएको थियो ।

सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै  आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् ।

समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला वरिष्ठ नेता  पौडेल, डा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु एकै ठाउँमा रहेको बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले आफूहरुबीच कुनै खटपर र मतभेद नरहेकाले सहमतिमै सभापतिको उम्मेद्वारको घोषणा गर्ने दाबी गरेपनि अन्य आकांक्षीहरु भने मौन बसेका थिए ।

यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री  कोइराला, पूर्वमहामन्त्री  सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिको आकांक्षी हुन् । पछिल्ला दिनहरुमा यो समुह लगातार छलफलमा जुटेपनि   सभापतिमा एउटै उम्मेदवार दिने भन्दै आफ्ना कार्यकर्तालाई थामथुम पार्ने रणनीतिमा देखिन्छ ।

उपसभापति विमलेन्द्र निधि,  केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र अर्का केन्द्रीय सदस्य कल्याण गुरुङ्गले औपचारिकरुपमै सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् ।