काठमाडौं, भाद्र १७ । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना प्रकाशित भएका छन् ।
उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । विदेशमा रहेका छोरा स्वदेश फर्किएपछि मात्रै रेग्मीको अन्तिम दाहसंस्कार गरिने पारिवार जनाएको छ ।