काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘धितोपत्र बोर्डका अध्यक्षका विषमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अयक्षतामा विज्ञ सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ आयोग गठन भएको छ ।’
डुम्रेको अध्यक्षता गठित जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिनेछ।